गृहपृष्ठ खबर बाणगंगाको चारनम्बर जीतपुर चोकमा कपडा बैंक स्थापना

बाणगंगाको चारनम्बर जीतपुर चोकमा कपडा बैंक स्थापना

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा कपडा बैंकको शुभारम्भ गरिएको छ । युथ युनिटि वेलफेयर एसोसियसन ‘युवा’ कपिलवस्तुले जिल्लामै पहिलो पटक सुरु गरेको कपडा बैंकको चार नम्बर जितपुरमा पनि स्थापना गरिएको हो ।

बढ्दो चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको हो । हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट बचाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको युवाका संयोजक लक्ष्मण सापकोटाले जानकारी दिए ।

चार नम्बर जितपुरमा शुभारम्भ गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले यो जाडोमा यहाँका युवाहरुको सक्रियता निकै उदाहरणिय रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईन्स्पेक्टर गुरुङले मध्यम वर्गका मानिसलाई भन्दा निम्न वर्गका परिवारलाई यो जाडोमा जिवन कष्टकर रहेकाले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै संस्थाका संयोजक लक्ष्मण सापकोटाले संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउदै आगामि दिनका कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमका अध्यक्ष समेत रहेका संयोजक सापकोटाले कपिलवस्तु जिल्ला मात्रै नभएर झापा, धनकुटा र सिराहामा पनि कार्यक्रम सञ्चालन गर्नका लागि टोलि गईसकेको र अर्घाखाँची र बाजुरामा पनि सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले आवश्यक परे देशका ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताए ।

त्यस्तै युवा चन्द्रकान्त पोख्रेल, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्रीले मन्तब्य राख्दै युवाहरुको यो मानविय कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

वास्तविक विपन्न वर्गका लागि संचालन गरिएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको संस्थाका सहसंयोजक असिम भट्राईले बताए । कार्यक्रममा युवा कोपिला गरिको स्वागत मन्तब्य तथा सरोज घिमिरेको सञ्चालन रहेको थियो ।

 

सम्बन्धित् समाचार