गृहपृष्ठ कृषि कपिलवस्तु नगरपालिकाद्धारा ८३ स्प्रे टंकी र १३ वटा चापकटर मेशिन कृषकलाई प्रदान

कपिलवस्तु नगरपालिकाद्धारा ८३ स्प्रे टंकी र १३ वटा चापकटर मेशिन कृषकलाई प्रदान

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाले कृषकहरुलाई ईलेक्ट्रिक चापकटर र स्प्रे टंकी उपलब्ध गराएको छ । बिहीवार तौलिहवास्थित नगरपालिकाको हाता भित्र ८३ वटा स्प्रे टंकी र १३ वटा चापकटर मेशीन उपलब्ध गराएको हो । नगर प्रमुख किरण सिंह र प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेल वडा नम्बर ५ का वडाध्यक्ष दिरेप कुमार चौधरीले कृषकहरुलाई सो सामागूी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर सिंहले नगरपालिकाले कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेको बताए । उनले कृषि क्षेत्रलाई ब्यवस्थितरुपमा अघि बढाउनु पर्ने बताए । कृषकहरुलाई ब्यवसायिकरुपमा अघि बढन नगरपालिकाले साथ दिने उनले बताए । ६ हजार मुल्यकामे स्प्रे टंकीमा कृषकहरुको एक हजार लागनी रहेको नगरपालिका कुषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए ।

यस्तै ४५ हजार मूल्यको चापकटरमा नगरपालिको ६० प्रतिशत अनुदान र ४० प्रतिशत कृषकको लगानी रहेको नगरपालिका पशु सेवा शाखाका प्रमुख केशव प्रसाद हरिजनले बताए ।

 

सम्बन्धित् समाचार