
बुटवल : सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया सडक खण्डको नयाँमिलमा भएको सडक दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन ,। भैरहवाबाट बुटवल तर्फ जादै गरेको ग १ ख ४८८८ नंम्वरको मालवाहक ट्रकले नयाँमिल चोकमा सडक पार गर्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जना गम्भीर घाइते भएको र उनिहरुलाई उपचारका लागि मणिग्राम स्थित क्रिमसन अस्पतालमा पठाईएको स्थानीयले बताएका छन् ।








