गृहपृष्ठ खबर गोरुसिङ्गेमा टिप्परको ठक्करबाट ज्यान गुमाएकी निशाको श्रीमानको उपचारको क्रममा मृत्यु

गोरुसिङ्गेमा टिप्परको ठक्करबाट ज्यान गुमाएकी निशाको श्रीमानको उपचारको क्रममा मृत्यु

कपिलवस्तु : कपिलवस्तुको गोरुसिङ्गेमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका अर्घाखाँचीको शितगंगा नगरपालिका ९ निवासी बम बहादुर बि.क. को शुक्रबार विहान उपचारका क्रममा भैरहवा मेडिकलमा निधन भएको हो ।

बुधबार साझँ गोरुसिन्ङे नजिकै तौलिहवा जाने चोकमा पुुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार निजकी श्रीमती अन्दाजी २४ बर्षिया निशा बिकको घटनास्थलमै मृत्यु भएको थियो ।

सोहि दुर्घटनामा परि घाइते वि कको शुक्रबार आज निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । मृतक बिक नेपाल प्रहरी जवान समेत हुनुन्थ्यो ।

 

सम्बन्धित् समाचार