
काठमाडौं : पछिल्लो २४ घण्टामा ४ सय १९ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ५० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० पुगेको छ।








