चार नम्बर जीतपुर : मेगा बैंक लिमिटेड जितपुर शाखाले मृत्यु दावि रकम हस्तान्तरण गरेको छ । सेवा विकास बैंक लिमिटेड गरगरे शाखा रुपन्देहीमा सुरक्षा गार्डमा कार्यरत फिरोन तामाङको सवारी दुर्घट्नामा परि मृत्यु भएको थियो सोहि मृत्यु दावि रकम उनका परिवारलाई हस्तान्तरण गरिएको हो । मृतक तामाङको मेगा कर्मचारी बचत खाता रहेको थियो ।
सोहि खाताको सुविधा वापतको ७ लाख बराबरको चेक मृत्यु दावि रकम उनकी पत्नी बिष्णुमाया उपाध्यायलाई मेगा बैक जितपुर शाखाका सहायक शाखा प्रमुख सुर्य पाण्डे, कर्जा अधिकृत फर्सुराम गैरे र अपरेशन ईन्चार्जले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सहायक शाखा प्रमुख सुर्य पाण्डेले कर्मचारी खाता खोल्दा लाग्ने प्रक्रियाको बारेमा स्पष्ट पार्दै मानिसको मृत्यु भए पनि परिवारलाई सो रकमले टेवा पु¥याउने बताए । उनले बचत गर्ने बानीको बिकास गर्नुपर्ने बताए ।