गृहपृष्ठ खबर प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध कपिलवस्तु कांग्रेसद्धारा बिरोध कार्यक्रम घोषणा

प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध कपिलवस्तु कांग्रेसद्धारा बिरोध कार्यक्रम घोषणा

प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम बिरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले बिरोध कार्यक्रम र आन्दोलनको घोषणा गरेको छ । पार्टीको कन्द्रिय कार्यालयको निर्णय अनुसार जिल्लाका ३ तहमा आन्दोलन कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरिएको हो ।

कपिलवस्तुको तौलिहवा स्थित कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले पुस २५ गते जिल्लाका ६ वटै निर्वाचन क्षेत्र, माघ ५ गते १० वटै पालिका र माघ ८ गते जिल्लाका ९६ वटै वडामा बिरोध कार्यक्रम गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए । बिरोध कार्यक्रमलाई सफल बनाउन पार्टीका मििहधबेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्य, सकृय सदस्य, जिल्ला र केन्द्रिय स्तरका नेता पठाउने निर्णय गरेको उनले बताए ।

 

उनले पार्टीको बुथ कमिटी देखि जिल्ला कार्य समितिलाई सकृय सहभागीतालागि निर्देशन दिएको बताए । उनले ओलीले चालेको असंबैधानिक कदम बिरुद्ध सशक्तरुपमा बिरोध कार्यक्रमको तयारी गरेको बताए । कार्यक्रममा पार्टी आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, नेता दिप कुमार उपाध्याय, सुधाकर पाण्डेय, कमलेश कुमार शर्मा, अब्दुल कलाम खा, केशव कुमार श्रेष्ठ, गिरीजेश कुमार पाण्डेय, पार्टी सचिवहरु प्रेम बहादुर रायमाझी, महेन्द्र पाठक युवा नेता राजेश ज्ञवाली लगाययतको सहभागीता रहेको थियो । यस्तै पार्टीले पार्टीको सकृय सदस्यता आबेदन फारम र नबिकरण यही माघ ५ गते भित्र पार्टी कार्यायमा अनिवार्य बुझाउनकालागि समेत निर्णय गरेको छ ।

सम्बन्धित् समाचार