
बुटवल : नेकपाको प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरूले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। प्रधानमन्त्रीले गरेको संसद विघटन सिफारिसलाई प्रतिगमनको संज्ञा दिएका प्रचण्ड-नेपाल पक्षीय कार्यकर्ताहरूले बुटवलको ट्राफिक चोकमा मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।
मसाल जुलुसमा सहभागी कार्यकर्ताहरूले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रधानमन्त्री ओलीविरूद्ध चर्को नारा लगाएका थिए।
नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनको विपक्षमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै संसद पुनर्स्थापना नहुँदासम्म आन्दोलन नरोक्ने बताएको छ।








