
चार नम्बर जीतपुर : कपिलवस्तुमा प्रहरीले भन्सार छली ल्याईएको अवैध कुखुरा बरामद गरि नष्ट गरेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका ५ हथिहवा दोहनीबाट नौ ओटा साईकलमा ल्याईरहेको अवस्थामा प्रहरीले पक्राउ हो ।
भारतबाट नेपालतर्फ ल्याउदै गरेको बोेईलर जातको कुखुरा १७० ओटा अन्दाजी पाँच क्विन्टल झन्डै एक लाख त्रीयानब्बे हजार बराबरको साईकल र कुखुरा बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
बरामद गरिएका कुखुरा र साईकल आज शुक्रबार स्थानीय जनप्रतिनिधी, पशु क्वारेन्टाइन कार्यालय कृष्णननगरका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी र पत्रकारको रोहवरमा खाल्डो खनी नष्ट गरिएको तथा वरामद साईकलहरु सुठौली भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरीले जानकारी दिएको छ ।








