गृहपृष्ठ खबर धनगढीको घटना लोकतान्त्रिक मान्यता विपरीत, तत्काल रिहा गर्न माग : देउवा

धनगढीको घटना लोकतान्त्रिक मान्यता विपरीत, तत्काल रिहा गर्न माग : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउनेलाई पक्रिनु लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको बताएका छन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा केही युवाहरूले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखेको टिसर्ट लगाएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले ती युवाहरूलाई परिवारको जिम्मा लगाइसकेको छ।

उक्त घटना लोकतान्त्रिक मूल्यरमान्यता विपरीत भएको भन्दै सभापति देउवाले साँझ ट्विट गरेका हुन्। उनले न्याय माग्ने युवाहरूलाई पक्रिनु निन्दनीय भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यरमान्यता विपरीत हो,’उनले लेखेका छन्,’पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु।’

संविधानको मौलिक हक अन्तर्गतको धारा १७ उपधारा २(ख)ले विना हातहतियार शान्तिपूर्ण भेला हुुने हक सुनिश्चित गरेको छ।

सम्बन्धित् समाचार