
रुपन्देही : नेकपा प्रचण्ड माधव समूह रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको एक प्रति पठाएको छ। प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै उक्त समूहका नेता कार्यकर्ताले भैरहवा बजारमा प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको पुस्तक पठाएका हुन् ।
करिब एकघन्टा जिल्ला प्रशासन कार्यलय अगाडि नारा जुलुस गरेका नेकपा नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएका हुन् ।
‘संविधानमा राम्रोसँग पढुन् भनेर हामीले प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएका छौ । उहाँले यो पुस्तक पढेपछि गल्तीको महसुस गर्नुहुन्छ कि भन्ने हामीलाई लागेको छ’ नेकपाका जिल्ला नेता पुरुषोतम घिमिरले बताए ।








