गृहपृष्ठ खेलकुद सुर्यमुखी खेल मेला शुरु मैत्रीपुर्ण खेलमा आयोजक १,३ ले पराजित

सुर्यमुखी खेल मेला शुरु मैत्रीपुर्ण खेलमा आयोजक १,३ ले पराजित

सुशील गैरे,
कपिलवस्तु सुर्यमुखी युवा क्लवको २० औ खेल प्रतियोगिता २५ गते शनिबारबाट शुरु भएको छ । बिकाश र परिवर्तनका लागी युवा अघि सरौ शिवगढीलाई पर्यटकीय स्थलको रुपमा बिकाश गरौ भन्ने मुल नाराका साथ सुर्यमुखी युवा क्लब शिवगढीले यस आयोजनालाई बिगत२०बर्षदेखि निरन्तर संचालन गर्दै आएको छ ।
शिवराज नगरपालिका वडा नं ९को विजगौरीमा रहेको खेल मैदानमा शनिबार एक कार्यक्रमका माझ शिवराज नगरपालिका९ का वडा अध्यक्ष चुर बहादुर खड्काले रिबन काटेर शुरु गरिएको कार्यक्रममा ओलम्पिक समिति सदस्य कुमार केसीले बल प्रहार गरि खेलको औपचारिक उट्घाटन गरिएको हो । विगत वर्ष देखि प्रत्येक वर्ष युवाहरुलाई प्रतिस्पर्धा गर्न मन पर्ने आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै खेलले भाईचाराको सम्वन्ध स्थापित गर्न मात्र नभई स्वस्थ रहन मद्धत पुग्ने भएकोले खेललाई सबैले महत्वका साथ लिनु पर्ने बताउनु भयो।
सुर्यमुखी युवा क्लब शिवगढीले आयोजना गरेको यो खेल प्रतियोगितालाई पहिले देखि नजिकबाट निगरानी गरी रहेको यो आयेजनाले धेरै युवालाई गलत बाटोमा लाग्न बाट रोक्ने मात्र नभई यस शिवगढीका बिभन्न पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत टेवा पुर्याएको भन्दै प्रसंसा गर्नु भयो
यश आयोजनाले निरन्तरता दिएको हेर्ने इच्छा रहेकोले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै बिशिस्ट अथितीको आसन बाट बोल्दै वडा सचिव प्रेम ओलीले बिश्व यति बेला स्वास्थ चुनौतीहरुसङग जुदीरहेको बेला स्वस्थ्य सुरक्षाका सुचकहरु पूरा गर्दै जटिल समयमा पनि आयोजनालाई निरंतरता दियकोमा आयोजकलाई धन्यवाद दिनु भयो ।
खेल अवधि भरी स्वस्थ सुचक पुरा गरि सव्य र भव्य रुपमा
सफल हुने आशा रहेकोे बताउनु भयो
कार्यक्रममा ओलम्पिक समितिका केन्द्रिय सदस्य कुमार के सीले फुटबल समाजसेवी नगेन्द्र पुनले एक सेट जर्सी अध्यक्ष प्रदिप शाहीलाई हस्तान्तरण गर्नु भएको थियोे
उद्धघाटन खेल सुर्यमुखी युवा क्लव बिजगौरी र स्पार्टिङ्ग युवा क्लब बिजयनगरको बिच मैत्री पुर्ण खेल भएको थियो ।
उक्त प्रतिस्पर्धामा बिजयनगर १ विरुद्ध ३ गोल गर्दै बिजयी भएको छ ।
भोलीको पहिलो खेल राईजिङ स्टार युवा क्लब चन्द्रौटा र जयबुद्ध सामाजिक युवा क्लब हुनेछ भने दोस्रो खेल गाेल्डेन स्टार युवा क्लब बनियाभार र ग्रीन भिजन बीच हुने आयोजकले जनाएको छ
यस प्रतियोगिताको बिजेताले नगद ४५हजार पाँचसय ५० सुर्यमुखी ट्रफी मेडल र प्रमाण पत्र ,द्धितिय नगद २१हजार पाँचसय ५० सुर्यमुखी ट्रफी मेडल र प्रमाण पत्र त्रितियले नगद १०हजार पाँचसय ५० सुर्यमुखी ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जानकारी दिएको छ

सम्बन्धित् समाचार