कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा वन संरक्षण सम्बन्धी तालिम आजबाट सुरु भएको छ । विभिन्न ८ सामुदायिक वनका एक सय पदाधिकारी सहभागी छन् । तालिम आज र भोली पनि चल्ने छ । तालिमको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले सामुदायिक बनले बाणगंगा नगरपालिकाको बिकासमा थप सहयोग पु¥याउने बिश्वास ब्यतm गरेका थिए ।
यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडा नः २ प्रदेशमै लागत सभागिता हुनेमा सामुदायिक बनको सहयोग ठुलो रहेको बताए ।

कार्यक्रम वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, उपमेयर चक्र अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्य टिका कुमारी अधिकारी र वडा सचिव नरेन्द्र पोख्रेलको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा मनकामना सामुदायिक वनका अध्यक्ष अमित पौडेल, नेकपा वडा अध्यक्ष नहकुल शाही लगायतले वन संरक्षणमा जोड दिनुभएको थियो ।
यहि पौष २७ गते (भोलि) सम्म संचालन हुने तालिममा सब डिभिजन वन कार्यलयका प्रमुख खिल बहादुर तामाङ र अमन अर्यालले सहभागीलाई वन संरक्षण सम्बन्धी प्रशिक्षण दिने छन ।








