गृहपृष्ठ अर्थ/वाणिज्य बुद्धभूमि नगरपालिकाको आठौं नगरसभा सम्पन्न

बुद्धभूमि नगरपालिकाको आठौं नगरसभा सम्पन्न

कपिलवस्तु : बुद्धभूमि नगरपालिकाको नीति केन्द्रित आठौं नगरसभा सम्पन्न भएको छ । ‘खुसी नगरबासीः समृद्ध बुद्धभूमि’ भन्ने नाराका साथ नगरपालिकाको नीती केन्द्रित आठौं नगरसभा नगरको सभाहलमा सम्पन्न गरिएको हो । कोभिडका कारण कार्यान्वयन गर्न नसकिएका योजनाहरुलाई आठौं नगर सभाले केही परिमार्जन गरेको छ ।

भूमिहिनकालागि संरचना बिहिन भएका वडा कार्यालयहरुको अनुदानको माग गर्ने प्रस्ताव गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । भूमि सम्बन्धि समस्या समाधान आयोगसंग एमओयु गरी भूमि सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी पाएको बुद्धभूमिले आवश्यक बजेट विनियोजन गरी कामको औपचारिक रुपमा सुरुवात गरेको छ ।

भूमि सम्बन्धि समस्या समाधानका लागि नगरपालिकाले कार्यालय व्यवस्थापन, जनशक्ति परिचालन लगायतमा बजेट खर्च गर्ने नगर प्रमुख श्रेष्ठले बताए । यसको लागि नगरसभाले २८ लाख ५० हजार रुपैंयाँ रकम विनियोजन गरेको छ । साथै नगरसभाले दुई वटा ऐन पारित गरेको छ । बुद्धभूमि नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा गर्न बनेको ऐन र बुद्धभूमि नगरपालिकाको सार्वजनिक निजी साँझेदारी ऐन पारित भएको हो ।

यस्तै श्रम सम्बन्धि नीति २०७७ सभाबाट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए । सभामा चालु आवको ६ महिनामा निर्माण भएका १६ वटा कार्यविधिहरुको सर्वसम्मत रुपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

चालु आवमा अहिलेसम्म ठूला प्रकृतिका योजनाहरुको प्रतिस्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनका लागि हालसम्म २६ ओटा योजनाको लागत इस्टिमेट स्विकृत गरी ई टेण्डर मार्फत ९१२ करोड ७३ लाख० भएकोमा उक्त योजनाहरु प्रतिष्पर्धाका कारणले ७ करोड ९१ लाखमा ठेक्का सम्झौता भएको नगरसभामा जानकारी दिएको छ ।

यसैगरी दुई लाखसम्मका योजना कार्यान्वयनको जिम्मा वडा कार्यालयमा दिई हालसम्म २८ वटा योजना सम्झौता भई कार्यान्वयन भएको छ भने आन्तरिक आम्दानी बढोत्तरीको अधिकतम प्रयास सुरु गरिएको नगर प्रवक्ता पवन कुमार थारुले जानकारी दिए ।

 

सम्बन्धित् समाचार