गृहपृष्ठ खबर पृथ्वी जयन्तीमा गोरखाका ५ स्थानीय तहमा बिदा

पृथ्वी जयन्तीमा गोरखाका ५ स्थानीय तहमा बिदा

२९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन्।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्।

गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीको अवसरमा गोरखामा आज अन्तर्क्रिया, दौडलगायत कार्यक्रम छ।

गोरखा संग्रहालयभित्र रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ।

यस्तै राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउँदैछ। राप्रपा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा सहभागी हुँदैछन्।

सम्बन्धित् समाचार