
काठमाडौं : भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ। सिड्नीमा भएको खेल बराबरीमा सकिएसँगै चौथो टेस्ट निर्णायक बन्ने भएको छ। १-१ को बराबरीको अवस्थामा रहेको चार खेलको सिरिजको पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा भारत विजयी भएका थिए।
अस्ट्रेलियाले दिएको ४०७ रनको लक्ष्य पछ्याएको भारतले सोमबार पाँचौ दिनको खेल सकिदा ५ विकेटको क्षतिमा ३३४ रन जोडेको थियो। जसका कारण खेल बराबरीमा सकियो।
अन्तिम दिन भारतका लागि चेतेश्वर पुजाराले ७७ रन र रिशव पन्तले ९७ रनको योगदान दिएका थिए । यस्तै रविचन्द्रन आश्विन ३९ रन र हनुमा बिहारी २३ रनमा अविजित रहे। दुवै खेलाडी घाइेत हुनुका बावजुद मैदानमा टिकिरहदा भारतले हार जोगाएको हो।
त्यसअघि पहिलो इनिङग्समा भारत २४४ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ३३८ रन जोडेको थियो।अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा ६ विकेटको क्षतिमा ३१२ रन बनाएर इनिङ्ग्स समाप्तिको घोषणा गर्यो।
इनिङ्ग्स समाप्तीको घोषणा गरेसँगै भारतले ४०७ रनको लक्ष्य पाएको थियो। खेलको प्लेयर अफ दि म्याच पहिलो इनिङ्ग्समा शतक प्रहार गरेका अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ घोषित भए।








