गृहपृष्ठ कृषि कृषकको क्षमता अभिवृद्धि गर्न सैनामैनामा तरकारी तथा फलफूल खेती तालिम

कृषकको क्षमता अभिवृद्धि गर्न सैनामैनामा तरकारी तथा फलफूल खेती तालिम

सैनामैना : कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामा आइतबारदेखि दुइ दिने तरकारी तथा फलफूल खेती तालिम सुरु भएको छ। कोभिड -१९ उद्धार सामाजिक,आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत सेतो गुराँस बाल बिकास सेवाको आयोजना तथा युएनडिपि र सैनामैना नगरपालिकाको आर्थिक साझेदारीमा तालिम सुरु भएको हो।

तालिममा कृषकहरुलाई बहुतल्ले खेतीपद्धतिको परिचय ,जानकारी तथा महत्वहरु , फलफूल उत्पादन तथा व्यवस्थापन, समस्या पहिचान, प्राविधिक ब्यवस्थापन तथा जानकारी र बेमौसमी तथा मौसमी तरकारी खेति पद्धति, रोग तथा किरा ब्यवस्थापन आदिका बारेमा तालिम दिइने छ ।

तालिमको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका बाली रोग बिज्ञान उप– प्राध्यापक राजन पौडेल र कृषि तथा पशु बिज्ञान अध्यन संस्थान पक्लिहवा क्याम्पसका बागवानी उप–प्राध्यापक रुकमागत पाठकले सहजिकरण गर्नेछन्।

तालिमको उद्घाटन गर्दै सैनामैना ७ का वडाध्यक्ष डिलाराम बेल्बासेले बिदेशबाट फर्किएका तर कृषि गर्न चाहने कृषकहरु एवम् बहुतल्ले कृषि गरिरहेका कृषकहरुका लागि लक्षित गरी तालिम सञ्चालन गरिएकोे बताए। कार्यक्रममा ३० जना कृषकहरुको सहभागिता रहेको छ।

 

सम्बन्धित् समाचार