कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० मा जिल्ला स्तरीय छैठाँै सनराइज कप हुने भएको छ । वडा नः १० को कोहिनुर रगंशालामा माघ ५ गतेबाट जिल्ला स्तरीय छैठौँ सनराइज कप हुने भएको हो ।
जिल्ला स्तरीय छैठौँ सनराइज कपमा प्रथम हुनेले ६० हजार शिल्ड मेडर र प्रमाण पत्र, द्धित्तिय हुनेले ३५ हजार शिल्ड मेडर र प्रमाण पत्र र सेमि फाइनालिस्टले नगद १० हजार पाउने आयोजक सनराइज क्लवका अध्यक्ष थम्मन थापा मगरले वैखरी अनलाइनलाई बताए ।
समुह दर्ताका लागी माघ ३ गते सम्म समय रहेको र हरेक बिधाबाट उत्कृष्ट हुनेलाई बिशेष पुरस्कारको ब्यवस्था रहेको कार्यक्रम संयोजक मिलन गाहले बताए । समुह दर्ताका लागी ९८००७७५२५४ र ९८१५४०२९६४ मा फोन कल गर्न समेत अध्यक्ष मगरले बताए ।