गृहपृष्ठ खबर कोहली र अनुष्कालाई पुत्री लाभ

कोहली र अनुष्कालाई पुत्री लाभ

प्रकाशित मिति:

नयाँ दिल्ली : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउडकी अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ। सोमबार कोहलीले ट्वीट गर्दै पुत्री लाभ भएको जानकारी गराएका हुन्।

‘हामी दुबै जनालाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि, आज साँझ हाम्रो छोरी भएको छ। हामी तपाईंहरूको माया र मंगल कामनाको मन देखिनै आभारी छौं,’कोहलीले लेखेका छन्। अनुष्का र छोरी दुबैको स्वास्थ्य ठिक भएको उनले बताएका छन्।

‘हाम्रो सौभाग्य हो कि हाम्रो जिन्दगीको यो च्याप्टर अनुभव गर्न पायौं,’उनले लेखेका छन्,’हामीलाई थाहा छ तपाईंहरूले यो समयमा हामीलाई केही गोपनियता आवश्यक भएको बुझ्नुहुन्छ।’

उनीहरू आमा’बावु बन्न लागेकोबारे पहिले नै घोषणा गरेका थिए। कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी अनुष्काले गत अगस्टमा आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्।

अनुष्का शर्माले आमा बन्नु अघि विभिन्न म्यागजिनका लागि प्रेग्नेन्सी फोटोसुट समेत गराएकी थिइन्।

 

सम्बन्धित् समाचार