गृहपृष्ठ खबर पूर्वमन्त्री विष्टलाई मातृशोक

पूर्वमन्त्री विष्टलाई मातृशोक

काठमाडौं : पूर्वमन्त्री तथा नेकपा नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ। विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा आज साँझ निधन भएको हो। विष्टकी आमाको गुल्मी इस्मास्थित घरमा मंगलबार निधन भएको हो। स्वर्गीय विष्टका नेता गोकर्ण विष्ट, पत्रकार गगन विष्ट, समाजसेवी लक्ष्मण विष्ट छोरा छन्।

पूर्वमन्त्री गोकर्णले आमाको सम्झना गर्दै फेसबुका यस्तो लेखेका छन्।

‘आज मलाई जन्मदिने आमालाई मैले सधैका लागि गुमाएको छु । आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिन । आमा, हजुरले बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहनेछु।’

 

सम्बन्धित् समाचार