गृहपृष्ठ खबर इस्टोनियाका प्रधानमन्त्रीले भ्रष्टाचारको आरोप लागेपछि दिए राजीनामा

इस्टोनियाका प्रधानमन्त्रीले भ्रष्टाचारको आरोप लागेपछि दिए राजीनामा

काठमाडौं : इस्टोनियाका प्रधानमन्त्री जुरी रटासले राजीनामा दिएका छन्। सेन्टर पार्टीका प्रमुख समेत रहेका रटासले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको इस्टोनिया वर्ल्डले उल्लेख गरेको छ।

जनवरी १२ मा सरकारी अधिकारीहरुले सेन्टर पार्टीका महासचिव मिहेल कर्ब सहित ५ जना भ्रष्टाचारमा संलग्न भएको दाबी गरेका थिए।

मिहेल कर्बले ३९ मिलियन युरोप ऋणको सट्टामा उद्योगीहरुसँग पार्टीलाई करोडौं रुपैयाँ सहयोग गर्न दबाब दिएको आरोप लगाइएको छ। उक्त कार्यका लागि सत्तारुढ गठबन्धन पार्टीहरुको सहमति चाहिने बताइएको छ।

आरोप लागेपछि कर्बले पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए। त्यसपटि बसेको पार्टीको बैठकबाट प्रधानमन्त्री जुरी रटासले समेत राजीनामा घोषणा गरेका हुन्।

रटास सन् २०१६ नोभेम्बरदेखि प्रधानमन्त्री बनेका थिए।

 

सम्बन्धित् समाचार