गृहपृष्ठ अर्थ/वाणिज्य जीतपुरकी मृर्गौला पिडित आलेलाई १ लाख ३ सय ७५ रुपैयाँ सहयोग रकम हस्तान्तरण

जीतपुरकी मृर्गौला पिडित आलेलाई १ लाख ३ सय ७५ रुपैयाँ सहयोग रकम हस्तान्तरण

प्रकाशित मिति:

सागर वि.क.चार : जितपुर टोल विकास संस्थाले मृर्गौला पिडित अनिता आलेलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विगत केही बर्षदेखि मृर्गौलाले पिडित रहेकी जीतपुर निवासी आलेलाई संस्थाले १ लाख ३ सय ७५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो । आलेलाई जितपुर टोलवासीहरुले आफु सक्दो रकम उठाएर सहयोग गरेका हुन् ।

जितपुर टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद चालिसे, सचिव नविन ढुङगाना तथा सदस्यहरु गणेश बेल्वासे, सिता आचार्य, माया चौधरी, जानुका रानालगायतले आलेको परिवारलाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । मृर्गौलाले पीडित आलेको उपचारमा केही सहज होस् भन्ने भावनाले सहयोग रकम हस्तान्तरण गरिएको सहयोगीहरुले बताएका छन् ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर १ को वडा कार्यलयले सहयोगको लागी सिफरिस गरि दिएको छ । वडाध्यक्ष बाल कुमारी पन्त अधिकारीले मृर्गौलाले पीडित आलेलाई केही आर्थिक सहयोग जुट्ने क्रम अघि बढोस् भन्ने उद्देश्यले सिफरिस गरिएको बताउनु भयो ।

सम्बन्धित् समाचार