
चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा खुलेको केसी सर्जिकल सप्लायर्सले सेवा सुभारम्भ गरेर व्यवसायिक कारोवार शुरु गरेको छ । विहिबार माघे सक्रान्तिको अवसर पारि उक्त सप्लायर्सले व्यवसायिक कारोवार शुरु गरेको हो । सप्लायर्सले प्रदेश र स्थानीयको मागलाई मध्यनजर गरि सर्जिकल सम्बन्धी होलसेल तथा फुटकर विक्री शुभारम्भ गरेको जनाएको छ ।
लुम्बिनी प्रदेश भरी नै सेवा पु¥याउने उद्देश्यसहित उक्त सप्लायर्सको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले उद्घाटन गर्नुभएको छ । पौडेलले नागरिकको सुविधाको लागि स्वास्थ्य क्षेत्रको बजारको माग बढिरहेकाले सर्जिकल व्यवसाय फस्टाउने बताउनुभएको छ । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य डोलकराम घिमिरेले यस सर्जिकल व्यवसायले प्रदेशको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका सचिव मनोज पौडेलले युवा क्षेत्रले स्वदेशमै व्यवसाय संचालन गरेर विभिन्न अवसर सिर्जना गर्न लागिपरेको बताउनुभएको छ । सप्लायर्सका निर्देशक सुरेश केसीले आफुले यसक्षेत्रका सरकारी तथा नीजि अस्पताल, स्वास्थ्य संस्था, मेडिकल, सर्वसाधारणलाई लक्षित गरेर वाणगंगामा वृहत सर्जिकल सम्बन्धी होलसेल विक्रीका लागि व्यवसाय शुरु गरेको बताउनुभएको छ ।
त्यस्तै सप्लायर्सका व्यवस्थापक अम्बिका कुँवर केसीले आफु यहि विषयमा दक्ष रहेकाले आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरयुक्त सामान उपलब्ध गराउने जिकीर गर्नुभएको छ ।







