गृहपृष्ठ खबर हथौसामा सुरु भयो तेस्रो नगर स्तरिय माघी महोत्सव

हथौसामा सुरु भयो तेस्रो नगर स्तरिय माघी महोत्सव

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका ११ हथौसामा तेस्रो नगर स्तरिय माघी महोत्सव सुरु भएको छ । “हम्मनके भाषा, भेषभूषा अउर संस्कृति राष्ट्र के शान, संरक्षण सम्बद्र्धन अउर प्रवद्र्धन कईना हम्मनके अभियान” भन्ने मुल नाराको साथ आयोजना गरिएको माघी महोत्सवको उद्धघाटन बाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुले गर्नुभएको हो । माघ २ गते आजबाट सुरु भएको महोत्सव माघ ४ गतेसम्म चल्ने छ ।

माघी महोत्सवको उमुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले थारु संस्कृतिलाई बाणगंगा नगरपालिकाले विशेष महत्वका साथ हेरेको बताउदैं थारु जातजातीको संस्कृति संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका प्रतिवद्ध रहेको बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थारुले बाणगंगाले थारुहरुको कला, संस्कृति संरक्षणका लागी राजपानी सामुदायिक वन क्षेत्रमा थारु संग्रालयको काम समेत अघि बढ्न लागेको जानकारी गराउनु भएको थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा विगठित प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुस्लमानले थारुको आफ्नो छुट्टै मौलिकपन झल्किने कला, संस्कृति रहेकाले यसको संरक्षणमा लाग्न सम्पूर्ण नयाँ पुस्तालाई आग्रह गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका मुसलमानले फरक प्रसंगमा बोल्दै वर्तमान सरकारले संसद विघटन गरेर आम नागरिकको विश्वास माथि खेलवाड गरेको बताउनु भएको थियो । त्यस्तै प्रधानमन्त्री वलीले भारतको ईसारामा संसद विघटन गरेका आरोप लगानुभएको थियो ।

त्यस्तै कार्यक्रलाई सम्बोधन गर्ने अन्य वक्ताले थारु संस्कृतिको मौलिकपनलाई सबैले आत्मासाथ गर्नुपर्नेमा जोड दिएका थिए । वर्तमान समयमा पश्चिमी संस्कृतिले थारु संस्कृतिलाई पनि प्रभाव पारेकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रम थारु कल्याणकारणी समिति बाणगंगा नगरपालिकाका सभापति भग्गु प्रसाद थारुको अध्यक्षता, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, कांग्रेसका प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमान, थारु कल्याणकारणी समितिका केन्द्रिय सदस्य सुमित्रा कुमारी थारु, थारु कल्याणकारणी समितिका जिल्ला सभापति उमा शंकर चौधरीको विशिष्ट आतिथ्यता, बाणगंगा नगरपालिकाका सम्वर्ण वडा अध्यक्षहरु, विभिन्न संघसंसथाका प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन सिमा थारु र श्याम थारुले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार