गृहपृष्ठ खबर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिहे गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिहे गर्दै

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिने भएका भएका छन्। माघ ११ मा उनले काठमाडौंमा लगनगाँठो कस्नेछन्। उनीनिकट स्रोतले वैवाहिक जीवनमा बाँधिन लागेको जानकारी दियो।

५० वर्षका मुख्यमन्त्री राईको अन्तरजातीय बिहे हुने भएको उनीनिकट उक्त स्रोतले बतायो। मुख्यमन्त्री राईले यसबारे सोधिएको जिज्ञासामा भने, ‘यसलाई अहिले नै नभनौं।’

आफ्नै दलका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर राजनीतिक तनाव दिइरहेका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले व्यक्तिगत जीवनलाई नयाँ मोड दिने भएका हुन्।

‘हो, उहाँको माघ ११ मा बिहे हुने तय भएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर, उम्मेदवार को भन्ने अहिले नभनौं, यसलाई सन्स्पेन्समै राखौं भन्ने उहाँको कुरा छ।’

 

सम्बन्धित् समाचार