गृहपृष्ठ खबर सैनामैनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता : विजेता टिमले ५१ हजार १ सय ११ प्राप्त गर्ने

सैनामैनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता : विजेता टिमले ५१ हजार १ सय ११ प्राप्त गर्ने

प्रकाशित मिति:

रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिकामा आजबाट खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने सुरु हुँदै छ। सैनामैना–४ रन्यौरा स्थित आदर्श युवा क्लवको आयोजनामा सुरु हुन लागेको प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता १५ गतेसम्म चल्ने छ। खेल लहरेपिपल टोल विकास संस्था स्थित क्लवकै खेल मैदानमा हुनेछन्।

प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गर्ने कार्यक्रम छ। उदघाटन खेलमा आज मुर्गिया फुटबल क्लव र न्यु इरा युवा क्लव बनकट्टा बिच प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लवका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विकास बस्नेतले बताए। प्रतियोगितामा मुर्गिया फुटबल क्लव मुर्गिया, न्यु इरा युवा क्लव बनकट्टा, दर्शन युवा क्लव जर्लैया सालझण्डी, राइजिङ ११ गोलपार्क, दमकडा फुटबल क्लव पाल्पा, सिद्धार्थ फुटबल क्लव देवदह, हरीहरपुर फुटबल क्लव हरिहरपुर, फर्साटिकर फुटबल क्लव फर्साटिकर, जुनिएर आरके फुटबल क्लव पुरानो बसपार्क, रामपुर फुटबल क्लव खैरेनी, हिमालयन फुटबल क्लव दियो, सित्तल युवा क्लव सितलापुर, न्यु एभरेष्ट युवा क्लव मैनैया, स्वालम्ब युवा क्लव फुलबारी सालझण्डी र आयोजक आदर्श युवा क्लवले सहभागीता जनाउने छन्।

प्रतियोगिताको विजेता टिमले ५१ हजार १ सय ११ र उप विजेताले ३१ हजार १ सय ११ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन्।

सम्बन्धित् समाचार