
नम्बर जीतपुर : कपिलवस्तुभित्र रहेका विभिन्न १० वटा खेलकुद संघहरुको संयुक्त आयोजनामा बैठक तथा बनभोज कार्यक्रम गरिएको छ । बुद्धभुमी नगरपालिका वडा नं २ ढकेहरीमा आयोजना गरिएको कार्यक्रमलाई कपिलवस्तु जिल्ला खेलकुद विकास समितीले समन्वय गरेको थियो ।
कपिलवस्तुमा रहेका विभिन्न खेलकुद मातहतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि गरि करिव ५० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले कपिलवस्तुमा खेलकुद सम्बन्धि गरिने हरेक गतिविधिमा जिल्ला समन्वय समितिको पूर्ण साथ रहने जिकीर गर्नुभएको थियो ।
त्यस्तै खनालले खेलकुद प्रेमी खेलाडीको स्तर उन्नति तथा प्रोत्साहनका लागी सबै निकाय एक हुनु पर्नेमा जोड दिनु भएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले यस्ता भेटघाट कार्यक्रम आयोजना गर्दा एक अर्कोमा सहकार्य गरि अघि बढ्ने वातावरणको सिर्जना हुने बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल फुटबल संघ कििपलवस्तुका अध्यक्ष तिलक थापाले यसै बर्ष जिल्लामा कपिलवस्तु गोल्ड कपको आयोजना गरिने जानकारी गराउनु भएको थियो ।
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका प्रमुख मिन पोखरेललेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुको विशिष्ट आतिथ्यता, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, रुपन्देही खेलकुद विकास समितिका प्रमुख संगमसिंह थापा, अखिल फुटबल संघ कििपलवस्तुका अध्यक्ष तिलक थापा लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन कपिलवस्तु डोरीतान संघका अध्यक्ष मिन राज बेल्वासेको संचालनमा समपन्न भएको थियो ।








