
प्युठान : उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझीले सांसद जानुभन्दा सिष्टम बच्नु ठूलो कुरा भएको बताउनुभएको छ । आज केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी प्युठानले प्युठान नगरपालिका वडा नं. ४ विजुवारमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता रायमाझीले उक्त कुरा बताउनुभएको हो ।
हामी पनि सांसद थियौ हाम्रो सांसद पनि गयो,उहाँले भन्नुभयो, ‘सिष्टम बच्यो भने सांसद त फेरी आउछ, मन्त्री त फेरी भईन्छ । हुदाँ खादाको सरकारलाई प्रतिपक्षले ढाल्न खोज्नु जायज मानिन्छ तर आफ्नै पार्टीका नेता र आफ्नै सांसदहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई प्रतिपक्षको साटगाँठमा अविश्वासको प्रस्ताव पेश गरेर सड्कमा लैजाने कुरा जायज नभएको रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ देशमा अराजकता र अस्थिरता पैदा हुने भएकाले ओलीले संसद विगठन गरेर नयाँ चुनावमा जाने कुरा प्रगतिशिल हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका स्थायी कमिटी सदस्य रायमाझीले केपीजी ले आफ्नै सरकारलाई ढाल्ने सांसदलाई विगठन नगरेर सम्मान गर्न नसक्ने बताउनुभयो । देशलाई अस्थिरताबाट बचाउन , प्रतिगमनबाट बचाउन, सिष्टमलाई बचाउनका लागि केपीजीले चालेको कदम प्रगतिशील भएको उहाँको भनाई थियो ।
केही समय पहिले प्रचण्ड र माधव नेपालले केपी शर्मा ओलीलाई सड्कमा लगेर पर्छाने भन्नुहुन्थ्यो तर अहिले उहाँहरु नै आफै पछरिनु भएको छ । देशव्यापी रुपमा केपीको लहर देखेर काग्रेसपनि चुनाव देखी डराएको रायमाझीले बताउनुभयो । साथै उहाँले निश्चित समयमा चुनाव हुने र प्रचण्ड र माधव नेपाल समुहले देशको कुनै स्थानबाट पनि चुनाव जित्न नसक्ने बताउनुभयो । हाल चुनाव चिन्ह र पार्टी कुन हुने भन्ने चर्चा चलिरहदाँ रायमाझीले संस्थापक पक्ष यही रहेकाले पार्टी र झण्डा केपी ओली नेतृत्वले पाउने बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं खानेपानी मन्त्री मणीचन्द्र थापाले देश चलाउनका लागि एउटै जिब्रो चाहिने बताउनुभयो । माधव नेपाल जस्तो नगद चाहिने र प्रचण्ड जस्तो २४ घण्टामा आफ्नो बिचार फेर्ने दुई वटा जिब्राले देश नचल्ने उहाँले बताउनुभयो । हामीले जनमत आउछ भनेर ओलीलाई सहयोग गरेका हैनौ, थापाले भन्नुभयो,–‘ ओली राष्ट्रबादी नेता भएकाले सहयोग गरेका हौँ ।’ आफुलाई मन्त्री पाउनका लागि केपी तिर गयो भन्ने आरोप लगाईएपनि आफु देश परिवर्तनका लागि ,राष्ट्रबादको निम्ती केपी ओलीलाई रोजेको थापाले बताउनुभयो ।
अहिलेसम्म प्युठानका नेता राष्ट्रिय राजनीतिको मुल धारमा गएको थिएन, प्युठान जहिले पनि प्रतिपक्ष राजनीतिको केन्द्रमा छ, राष्ट्रिय राजनीति भनेको विकासको मुलधार हो, मन्त्री थापाले भन्नुभयो,–‘प्रचण्डका कारणले प्युठान मुलधारमा पछाडी परेको थियो,अहिले केपीले प्युठानलाई राष्ट्रिय राजनीतिको मुलधारमा लग्नुभएको छ ।








