गृहपृष्ठ खबर थप ३२२ मा कोरोना संक्रमण, ३७४ भए निको

थप ३२२ मा कोरोना संक्रमण, ३७४ भए निको

पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३७४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९६५पुगेको छ।

सम्बन्धित् समाचार