कपिलवस्तु जिल्लाको वाणगंगा ११ मा रहेको हेमराज माध्यमिक विद्यालयमा सामाजिक सेवा समुह फाउन्डेशन नेपालले १ सय जनालाई न्यायो कपडा वितरण गरेको छ ।
“समाज परिवर्तनको सम्बाहक” मुल नाराको साथ बिद्यालयमा अध्ययन गर्ने गरिब ,बिपन्न ,जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जनाईएको छ ।

मनोज शर्मा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष धुर्व नेपाल, विद्यालयका प्रधानाध्यापक तुल्सीराम यादव ,सामाजिक सेवा समुह फाउन्डेशन नेपाल कपिलवस्तुका स्पोन्सर तथा मोटीभेटर सुन्दर पाण्डे ,बिद्यालयका शिक्षक सम्भु प्रसाद चौधरी लगायत आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन अश्लाम खान र रश्मि श्रेष्ठले गर्नुभएको थियो ।
आशा शर्माको सम्योजकत्व साथै सामाजिक सेवा समूह फाउन्डेसन नेपाल कपिलवस्तु टीम का सदस्यहरू आशिष शर्मा, सविन रनपाल,अस्मिता गैह्रे लगायतको उपस्थित रहेको थियो, यस अभियान जारी रहेको; संस्थाका प्रतिनिधि पाठकले बताउनु भयो।








