
सागर वि.क. : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले आधिकारिक नेकपा प्रचण्ड र नेपालसमूहले नेतृत्व गरेको पार्टी नै रहेको दाबी गर्नुभएको छ । नेकपामा प्रचण्ड र नेपालसमूहले नेतृत्व गरेको पार्टीसंगै नै बहुमत रहेको भन्दै उहाँले आफुहरु नै आधिकारिक रहेको बताउनुभएको हो ।
नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्दै पुनले कपिलवस्तुका आम कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्नु भएको छ । पूर्व मन्त्री समेत रहेका पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बतानु भएको छ ।
कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले २०६२र०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको समेत स्मरण गर्नुभयो । उनले भन्नुभयो, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास ग¥यौं, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ।’
अहिले आफुहरु दोस्रो चरणको आन्दोलनमा रहेको र आगामी दिनमा ओलीविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने उहाँको भनाई छ ।
“अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा दुई पटकसम्म महाअभियोगको सामाना गरे तर हाम्रा प्रधानमन्त्री ओलीमा तेस्तो क्षमता त्यो साहस छैन्” उहाँले भन्नुभयो ।
पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद् विघटन हुने व्यवस्था संविधानको कुनै उपधारामा नरहेको हेक्का राख्न ओलीलाई सुझाव दिनुभयो । ओलीलाई पार्टी अध्यक्षबाट निकालि सकिएको र अब पार्टीको साधरण सदस्यबाट पनि किन ननिकाल्ने भनि पार्टीले स्पष्टिकरण सोधिसकेको उहाँले बताउनुभयो ।








