गृहपृष्ठ कृषि रुपन्देहीको सैनामैनामा कृषकहरुका लागि कृषि पाठशाला

रुपन्देहीको सैनामैनामा कृषकहरुका लागि कृषि पाठशाला

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको सैनामैनामा कृषकहरुका लागि कृषि पाठशाला सञ्चालनमा आएको छ । उत्पादनमा बृद्धि गर्न र कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले कृषि पाठशाला संचालनमा आएको हो ।

पाठशालामा शत्रुजीव निमूल र मित्र जीव संरक्षण गरी उत्पादनम बढाउन कृषकहरूलाई प्रयोगात्मक रूपमै जानकारी गराईन्छ । पछिल्लो समयमा खेतबारीमा रासायनिक मलको प्रयोग अत्याधिक बढिरहेको अवस्थामा त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पाठशाला सञ्चालन गरिएको हो ।

सैनामैना नगरपालिकामा वार्ड नं १ मा आजबाट पाठशाला सुरु भएको छ । एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपिएम० कृषक पाठशाला अन्तर्गतको सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ११ वटै वडामा कृषि पाठशाला संचालन गर्ने योजना अनुसार दोस्रो चरणको पाठशाला सुरु गरिएको ।

गुणस्तरीय बाली उत्पादन ९आइपिएम० कृषक पाठशालाको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरूको सिकाईमा टेवा पु¥याएको बताए ।

उनले पाठशाला प्रभावकारी भएको बताउँदै यस आर्थिक वर्षमा नगरका सबै वडामा सञ्चालन गर्ने गरी बजेट बिनियोजन गरिएको सोही अनुसार पाठशाला संचालन गर्दै आएको बताए ।

जग्गा एकीकृत गरेर नमूना कृषि फारमहरू बनाउनेतर्फ नगरपालिको योजना रहेको समेत नगर प्रमुख कार्कीको भनाइ थियो । उनले किसानहरूको उत्पादनलाई बिना बिचौलिया कसरी बजारीकरण गर्ने सकिन्छ भन्नेतर्फ नगरले योजना बनाएकोे बताए । उनले भने – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर बिक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ ।

समग्र कृषि क्षेत्रको विकासका लागि वडाबासी सबैले चासो दिनुपर्नेमा सैनामैना वार्ड नं १ का वार्ड अध्यक्ष केयर सिंह गलामीले बताए ।

कृषि पाठशालामार्फत कृषकहरूको प्रत्यक्ष सम्पर्कमा रहेर प्रयोगात्मक विधिबाट कृषकहरूको क्षमता अभिवृद्धि गर्न धेरै सहज भएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् । पाठशालाले आम कृषक वर्गको कृषि प्रणालीमै परिवर्तन आउने विश्वास रहेको सुबेदीले बताइन ।

कृषकहरुले नगरपालिकाले कृषकको सिकाई क्षमता अभिवृद्धि हुने गरी कृषि पाठशाला संचालन गरेकोमा कृषकहरू उत्साही भएको बताएका थिए ।

श्री एकता कृषि समुहका अध्यक्ष माया देवी पाण्डेको अध्यक्षतामा सैनामैनाका कृषि शाखाका रबिन्द्र ज्ञवालीले संचालन गरेका थिए ।

 

सम्बन्धित् समाचार