
चार नम्बर जीतपुर : कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा परेको छ । जिल्लाको बाणगंगा नगरपालिका बनगाईमा स्थानीय स्कुल बससंग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।
लु २३ प् ३७२० नम्बरको मोटरसाइकल बससंग ठोक्किएको हो । दुर्घटनामा परेका पुरुषको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
लु १ क १६९१ नम्बरको बस मोडबाट पश्चितमतर्फ मोडिने क्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनाको कारण अझै पत्ता लगाउन सकिएको छैँन् ।







