कपिलवस्तुमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । शिवराज नगरपालिका वडा १ दोबाटोका ६६ वर्षीय पुरुषको आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । केहि दिन देखि बिरामी रहेको भएपनि मंगलवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट परिवारले घर फिर्ता लिएको बताइएको छ ।
संक्रमितलाई घर लिएपछि परिवारका सदस्यमा कोरोना फैलिएको हुन सक्ने जोखिम बढेको छ ।कोरोना संक्रमित उपचाररत बिरामीलाई घर लगिएको जानकारी पाउनसाथ परिवारको कोरोना परिक्षण गर्ने तयारी गरिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताउनुभयो ।
कपिलवस्तुमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ ।