कपिलवस्तु : चन्द्रौटा उद्योण वाणिज्य संघले आर्थिक ऐन २०७७ले प्रदान गरेका छुट तथा सुविधाको विषयमा उद्योगि व्यावसायिहरुलाई प्रशिक्षण प्रदान गरेको छ । व्यावसायीहरु करदाता शिक्षा सम्वन्धि जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष जम्सेर अली मियाले बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले आर्थिक ऐनको बारेमा जानकारी गराउनुभएको थियो । ऐन अनुसार विभिन्न छुटहरु रहेकोले यसको फाईदा व्यावासायिलाई पुग्ने बताउँदै सबै व्यावसायिहरु करको दायरामा आउनुपर्ने उहाँले बताउनुभएको छ ।
वाणंगगा यातायात व्यावसाियहरु हलमा भएको उक्त कार्यक्रममा कर शिक्षा बारे जानकार नहुदाँ धेरै व्यावसायिहरुलाई समस्या हुदै आएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष मियाँले बताउनुभयो । व्यापारीहरुलाई कर सम्वन्धि धेरै समस्या रहेकोले प्रशिक्षण पश्चात सहन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग व्यावसायिहरुले आफ्ना समस्याहरु राखेका थिए ।
चन्द्रौटा उद्योगा वाणिज्य संघका अध्यक्ष जम्सेर मियाँको अध्यक्षता, प्रमुख कर अधिकृत दिनेश पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम महासचिव दमन भाटको संचालनमा सम्पन्न भएको छ।