
कपिलवस्तुको बाणगंगा १०मा छैठौं इन्टर कपिलवस्तु सनराइज कपसुरु भएको छ । सनराईज कल्ब मोतिपुरको आयोजनामा उक्त कप भएको हो । स्वास्थ्य, अनुशासन लगनशिलता खेलाडि उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष थम्मन थाप मगरले जानकारी दिए ।

बुधबार देखि सुरु भएको प्रतियोगिताको समुद्घाटन बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले खेलाडिहरुलाई फुटबल प्रदान गरेर गरेका थिए । उद्घाटन् पश्चात भएको पहिलो खेल आयोजक सनराईज क्लब मोतिपुर र सान्ती दिप युवा क्लब डुङ्गहवा विच भएको थियो । बुधवार भएको पहिलो खेलमा आयोजक सनराईज क्लब मोतिपुरले ३–० गोल अन्तरले जित निकालेको हो । विहिवार हुने खेलमा नव दुर्गा भवानि क्लब धनेसपुर र पोखरा गाईज बिच हुने आयोजकले जनाएको छ ।









