
कपिलवस्तु : कपिलवस्तुको कृष्णानगरमा अबैध साढे ५ लाख बढी भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको ५ लाख ३४ हजार ५ सय ७५ रुपैयाँ भारतीय रकम बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंटमा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसीको कमान्डमा खटिएको टोलीले उक्त रुपैयाँ बरामद गरेको हो ।
भारत तर्फबाट नेपाल आउदै गरेको पैदल यात्री बाग्लुङको निसीखोला गाउँपालिका ५ का ३१ बर्षीय भागिलाल विकको झोला चेकचाज गर्ने क्रममा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरको टोलीले बिहिवार बिहान १० – ११ बजेको समयमा उक्त भारतीय रकम बरामद गरेको हो । बरामद गरिएको रकम र पक्राउ परेका केसीलार्ई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी भैरहेको शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।








