गृहपृष्ठ खेलकुद बाणगंगामा जारी सनराइज कपमा बुद्धभुमी युथ र बाणगंगा वेलफेयर बिजयी

बाणगंगामा जारी सनराइज कपमा बुद्धभुमी युथ र बाणगंगा वेलफेयर बिजयी

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० मा जारी छैठौँ सनराइज कपमा बुद्धभुमी युथ क्लव र बाणगंगा वेलफेयर सोसाइटी बिजयी भएका छन । शुक्रबार भएको पहिलो खेलमा सगरमाथा क्लव उप्टहवालाई ३÷० ले हराउदै बुद्धभुमी युथ क्लव बिजयी भएको छ । जसमा राकेश थारु म्यान अफ दि मेच भए ।

त्यस्तै दोस्रो खेलमा जन एकता क्लव सिउटीलाई ४÷० ले हराउदै बाणगंगा वेलफेयर सोसाइटी बिजयी भएको छ । सो खेलमा निशान न्यौपानेले म्यान अफ दि मेच घोषित भए ।

सम्बन्धित् समाचार