गृहपृष्ठ खबर पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको कथन ःपुर्व उपाध्यक्ष पौडेल

पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको कथन ःपुर्व उपाध्यक्ष पौडेल

राष्ट्यि युवा सघं नेपाल जिल्ला कमिटी कपिलबस्तुको आज दोस्रो पुर्ण बैठक नेकपा पार्टी कार्यालय तौलिहवामा  बसेको छ । बैठकमा राष्ट्यि युवा सघं नेपालका पुर्व उपाध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य किरण पौडेलले प्रमुख अतिथीको आसनबाट बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधी सभा विघटनको कदम असंबैधानिक नभई स्वागत योग्य रहेको बताउनुभएको छ । सरकारलाई घेराबन्दीमा राखी काम गर्न नदिएकाले बाध्य भएर प्रधानमन्त्रीले यो कदम चालेको उहाले बताउनुभयो । उहाले देशमा प्रधनमन्त्री ओली भएपछि विकास निमार्णका कामले तिब्रता लिएको बताउदै  ओलीको लोकप्रियता राष्टीयताको सन्दर्भमा ओलीको चट्टानी अडानका कारण  डाह र पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको बताउनुभयो ।

यस्तै बैठकमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बोल्दै बर्तमान परिस्थीतीमा पार्टीका सबै कार्याकर्ताहरु  एक जुट भएर अगाडी बढ्नुपर्ने औल्याउनुभयो । यस्तै नेकपा केन्द्रिय सदस्य बाबुराम खनाल, पार्टी केन्द्रिय सदस्य तथा अनेमा सघं जिल्ला अध्यक्ष शारदा शर्मा,  राष्ट्यि युवा सघं नेपालका केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्र्चाज गोपालमणी ज्ञवाली लागएतले बोल्दै पार्टीले देशमा गरेका राम्रा कामको प्रचारप्रसारलाई जोड दिनुपर्ने बताउनुभयो । पार्टीको निती निर्देशनलाई पालना गर्दै अगाडी बढ्न युवा संघका सदस्यहरुलाई आग्रह समेत गर्नुभयो ।

बहुमत सदस्यहरुको उपस्थितीमा सम्पन्न  बैठकले माघ २४ गते जिल्ला कमिटीको विस्तारित बैठक पार्टी कार्यालय तौलिहवामा आयोजना गरिर्ने तथा सोही बैठकमा केहि सदस्यहरुलाई मनोनय समेत गरिर्ने, माघ १३ गते  आयोजना हुने राष्ट्यि युवा सघंको प्रदेश स्तरिय भेलामा जिल्लाबाट व्यापक सहभागिता जनाउने लाएतको निणर्य भएको जिल्ला संयोजक विजय कुवंरले जानकारी दिनुभएको छ । बैठक जिलला सहसंयोजक कृष्ण कार्कीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार