गृहपृष्ठ खबर माछापुच्छ्रे बैङ्क लिमिटेडले उपचार रकम हस्तान्तरण ग¥यो

माछापुच्छ्रे बैङ्क लिमिटेडले उपचार रकम हस्तान्तरण ग¥यो

प्रकाशित मिति:

बैङ्कमा तलबी खाता रहेका एक ग्राहकलाई माछापुच्छ्रे बैङ्क लिमिटेड तौलिहवा शाखाले उपचार खर्च रकम हस्तान्तरण गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ को महादेव आधारभुत बिद्यालय दलदलहामा अध्यापनरत शिक्षक रवि प्रकाश कुर्मीलाई बैङ्कले उपचार खर्च हस्तान्तरण गरेको हो ।

 

ओपन्डेक्सको उपचार गराएका कुर्मीलाई ३६ हजार ७ सय ६ रुपैया राशीको चेक बैङ्कका प्रबन्धक देवेन्द्र केसीले हस्तान्तरण गरेका थिए । बिद्यालयको मासिक तलबका लागी खाता खोलेकै आधारमा बैङ्कबाट उपचार खर्च बापतको रकम पाउदा बैङ्क ग्राहक प्रति उत्तरदायि रहेको प्रष्टिएको रकम पाएका शिक्षक कुर्मीले बताए ।

 

बैङ्कमा शुन्य मौज्दातमा तलब खाता खोलेका ग्राहकलाई १४ लाख १० हजार बराबरको बिमा सुबिधा रहेको प्रबन्धक केसीले प्रष्ट पारे । सो बिमा सुबिधा मध्य १० लाख दुर्घटना बिमा, ३ लाख ठुला रोगको उपचारमा सहयोग, १ लाख सम्म अस्पतालमा नियमित उपचार गराउनेका हकमा र १० हजार सम्मको खर्च रकम सामान्य औषधी उपचारका हकमा दिईने उनले बताए ।

सम्बन्धित् समाचार