गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा घिमिरेलाई उठाउने कांग्रेसको निर्णय

कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा घिमिरेलाई उठाउने कांग्रेसको निर्णय

कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा दोलकराम घिमिरेलाई उठाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेस बाणगंगा नगर समितिको बैठकले घिमिरेलाई अध्यक्षका रुपमा उठाउने निर्णय गरेको हो ।

 


आज बसेको बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षको उमेद्धवार बनाउने निर्णय गर्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई घिमिरेलाई जिताउन बाणगंगा नगर कांग्रेसका कार्यबहाक अध्यक्ष बिष्णु थापाले आग्रह गरेका छन ।
उता अध्यक्षका दावेदार घिमिरेले कुनै पनि हालतमा आफु पछि नहट्ने बताउदै सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गरेका छन । घिमिरे २ दशकबाट सामाजिक कार्यमा निकै सक्रिय रहेका छन ।

सम्बन्धित् समाचार