चार नम्बर जीतपुर : थर्ड आई संस्थामार्फत कपिलवस्तु बाल गृहलाई २ ओटा दराज हस्तान्तरण गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका युवाहरुले थर्ड आई संस्थामार्फत बाल गृहलाई सहयोग स्वरुप दुई ओटा दराज उपलब्ध गराएका हुन् । बालबालिकाहरुको व्यक्तिगत सरसामान राख्न सहजहोस् भन्ने उद्देश्यका साथ दराज उपलब्ध गराईएको संस्थाले जनाएको छ ।
करिब रु.३६ हजार रुपैयाँ बराबरको दुई ओटा दराज उपलब्ध गराएको थर्ड आई नामक संस्थालाई नेपाल बाल संगठन कपिलवस्तुका सभापति गोपाल ज्ञवालीले धन्यबाद व्यक्त गर्नुभएको छ ।
त्यस्तै उहाँले यस पबित्र मानविय सेवा कार्यमा हात बढाई असहाय बालबालिकाहरुको खाना, खाजा लगायत लालनपालन र व्यवस्थापनमा सहयोग गर्न चाहाने र ईच्छा भएका दाता धर्मि महानुभावहरूले नेपाल बाल संगठन, कपिलवस्तुका नाममा माछापुच्छ्रे बैंक लि. तौलिहवा शाखामा रहेको खाता च.हि.नम्बर १००१५२४९४६८५९०१९ मा रकम जम्मा गरि सहयोग गर्नु सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।