गृहपृष्ठ खबर बुटवलमा प्रचण्ड–नेपाल पक्षीय नेकपाको विरोध !

बुटवलमा प्रचण्ड–नेपाल पक्षीय नेकपाको विरोध !

प्रकाशित मिति:

बुटवल : नेकपा प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आज बुटवलमा प्रदर्शन र सभा सुरु भएको छ । सभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दक्षिणमा राजमार्ग चौराहा, पूर्वमा रामनगर, पश्चिममा जितगढी र उत्तरमा गोलपार्कमा भेला भएर अस्पताल लाईनमा भइरहेको सभामा सहभागी भएका छन् ।

सभामा प्रचण्ड र नेपालका साथै नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, ठाकुर गैरेलगायतले सम्बोधन गर्न लागेका छन् ।

सम्बन्धित् समाचार