गृहपृष्ठ खबर कपिलवस्तुको मायादेवीमा अपांगतालाई नेतृत्व विकास तालिमसहित सामग्री बितरण

कपिलवस्तुको मायादेवीमा अपांगतालाई नेतृत्व विकास तालिमसहित सामग्री बितरण

कपिलवस्तु : कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकामा अपांगता अभिमुखिकरण विकास तथा पुर्नस्थापना सेवा बिस्तार कार्यक्रम संपन्न गरिएको छ । वडा कार्यालयको सहयोगमा लुम्बिनी अपाङ्गता विकास केन्द्र कपिलवस्तुले फुलिका सामुदायिक अध्ययन केन्द्रमा राखेको कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुलाई नेतृत्व विकास तालिमसहित सहायक सामाग्री बितरण गरिएको छ ।

कार्यक्रममा बैशाखी ४, सतो छडी २ जनालाई, स्क्रच छडी २, शौचालय कुुर्ची , स्टेनरी सहीतको झोला ४ जनालाई बितरण गरिएको थियो । यस्तै आयाआर्जनकालागि २ जनाालई ५ हजारको दरले तथा एक जनलाई ५ हजार उपचार खर्च समेत प्रदान गरिएको थियो । वडाध्यक्ष सुकदेव तिवारीले मागका आधारमा अपांगता भएका ब्यक्तिहरुलाई सो प्रदान गरिएको बताए ।

उनले वडाले अपांगता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राखेको बताए । उनले आगमी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने बताए । सो अवसरमा अपांगका अगुवा देबी राम पोख्रेलले अपांगता भएका ब्यक्तिहरुलाइृ दया नभै अधिकार सहीतको अवसर दिनु पर्ने बताए । केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले अपांगता भएका ब्यक्तिहरुलाई सबेैले अवसर दिनु पर्ने बताए । उनले अवसर र अधिकार दिइए हौसला बढने बताए । कार्यक्रम ओरिराम चौरसियाको अध्यक्षता र सुचिता श्रीवस्तवको संचालनमा भएको थियो ।

 

सम्बन्धित् समाचार