गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिकाद्धारा ३ सय बढी विपन्न परिवारलाई सिरक वितरण

बुद्धभूमि नगरपालिकाद्धारा ३ सय बढी विपन्न परिवारलाई सिरक वितरण

कपिलवस्तु : जाडो बढेपछि बुद्धभूमि नगरपालिकाले ३ सय बढी विपन्न परिवारलाई सिरक उपलब्ध गराएको छ । नगरपालिकाले १० वटै वडाका अपांग, एकल महिला र विपन्न परिवारको स्ुची संकलन गरी सिडक वितरण गरेको हो । वडा नम्बर ४ का वडाध्यक्ष तथा नगरका प्रवक्ता पवन कुमार चौधरीले नगरपालिकाका सबै वडाहरुमा गरी ३ सय बढी परिवारलाई जाडोलाई लक्षित गरी सिरक बाडिएको बताए ।

वडा नम्बर ४ मा भने एकल महिला र बिपन्न ३० परिवार र अपांग १० जना गरी ४० परिवारलाई सिरक बाडिएको बताए । प्रत्येक वडामा ३० देखि ४० वटा सिरक बाडिएको उनले बताए । वडा नम्बर ४ मा मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मिरा थारु र वडाअध्यक्ष चौधरीले संयुक्तरुपमा बिपन्न परिवारलाई सिरक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर श्रेष्ठले शीतहरसंगै जाडो बढे पछि नगरपालिकाले बिपन्न परिवारलाइए सिरक उपलब्ध गराएको बताए । ‘ जाडोमा बिपन्न परिवार मर्कामा परे पछि उनीहरुको सहजताकालागि सिरक बाडेका र्हौ ’ उनले भने ।

गत बर्ष पनि जाडोयाममा बिपन्न परिवारलाइृ नगरपालिकाले सिरक बाडेका थियो । जाडोका आत्तिएको बेला सिरक पाए पछि बिपन्न परिवार खुशी भएका छन । उनीहरुले नगरपालिकाले थप बिपन्न परिवारलाई सिरक बाडनु पर्ने माग गरे ।

सम्बन्धित् समाचार