गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीले श्री ३ महाराज बन्न सुनियोजित ढङगबाट संसद विघटन गरे : पन्थी

प्रधानमन्त्री ओलीले श्री ३ महाराज बन्न सुनियोजित ढङगबाट संसद विघटन गरे : पन्थी

प्रधानमन्त्री ओलीले सुनियोजित ढङगबाट संसद विघटन गरेको प्रदेश सासंद विष्णु पन्थीले आरोप लगाउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको तेस्रो जिल्ला साधारण सभा तथा दोस्रो अधिवेशन एवम् अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पन्थीले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा पन्थीले मानव अधिकार तथा शान्ति समाजले स्थापित लोकतन्त्रलाई सुगन्धमय बनाउने बताउनुभएको छ । यस समाजले मानव अधिकारका आवाजहरु तथा आम नागरिकका आवाजहरुलाई बुलन्द्ध बनाउन महत्वपूर्ण भूमिका खेलेकामा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले अहिले आफुहरु निकै महत्वपूर्ण राजनितिक अवस्थामा रहेको बताउदैं नेकपा रहनु नरहनु कुनै ठूलो कुरा नभएको बताउनुभएको थियो ।

उहाँले यस मुलुक र व्यवस्था रहनु सबै भन्दा ठुलो भएको जिकीर गर्नुभएको छ । नेकपा नरहे पनि केही फरक नपर्ने उहाँको भनाई रहेको छ । प्रधानमन्त्री ओलीले श्री ३ महाराज बन्ने आकाँक्षाले पे्ररित भएर प्रतिनिघि सभा विघटन गरेको समेत आरोप पन्थीले लगाउनुभएको छ । आफु अनुकुलको राष्ट्रपति तथा झन्डै दुई तिहाई नजिकको प्रधानमन्त्रीले श्री ३ महाराज बन्न सुनिनियोजित ढङगले संसद विघटन गरेको उहाँले दाबी गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य रिना नेपालले मानव अधिकार समाज कपिलवस्तुले धेरै राम्रा अभियानका साथ अघि बढ्दै राम्रो कार्य गरेकोमा समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।  मुलुकमा बालवालिका असुक्षित भएका समस्या तथा विभिन्न आम नागरिकको हक अधिकारको लागी आफुहरु लागी परेको बताउनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका अध्यक्ष गोविन्द प्रसाद पोखरेलको अध्यक्षता समप्नन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य केशव पङगेनी, नेपाल शिक्षक महासंघ कपिलवस्तुका अध्यक्ष देवकला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका अध्यक्ष गोविन्द प्रसाद पोखरेलले बार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सदस्य माधव घिमिरेको स्वागत मन्तव्य तथा सचिव भरतराज न्यौपानेले संचालन गर्नुभएको थियो ।

सम्बन्धित् समाचार