गृहपृष्ठ खबर प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट घेरावन्दी गरी कामै गर्न नदिएपछि संसद विघटन : घिमिरे

प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट घेरावन्दी गरी कामै गर्न नदिएपछि संसद विघटन : घिमिरे

प्रकाशित मिति:

कपिलवस्तु : अखिल नेपाल महिला संघ जिल्ला समिति कपिलवस्तुले प्रथम बैठक चार नम्बर जितपुरमा सम्पन्न गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य एवं कपिलवस्तुका सहइन्चार्ज बिमला घिमिरेले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट घेरावन्दी गरी कामै गर्न नदिनुको साथै अपमान जनक रुपमा पार्टी अध्यक्षबाट हटाउने र प्रधानमन्त्री हटाउन अविश्वासको प्रस्ताव ल्याई फाल्ने षड्यन्त्र भएकोले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नु परेको बताएकी छन् ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने जस्ता गलत कार्यकाविरुद्ध वर्तमान परिस्थितीको सृजना गर्न प्रधान मन्त्री केपी ओली बाध्य भएको उनले बताइन् । अनेमसंघको केन्द्रीय सदस्यसमेत रहेकी नेता घिमिरेले इतिहासमा कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका उल्लेखनिय काम केपी ओलीले गरेको बताइन् । कार्यक्रममा केन्द्रीय सदस्य विश्रामप्रसाद थारुले बोल्दै एकपटक प्रधानमन्त्री पार्टी नेतृत्व समाली सकेका भूतपूर्वहरु अतालिएर केपीओलीलाई तीन महिनापछि हुने महाधिबेसन र २ वर्ष पछि हुने निर्वाचन सम्म पर्खन नसकेर पाटीवाट हटाउने षडयन्त्रमा लागेको बताए ।

केपी ओलीका पालामा देशमा विकासले ठुलो फड्को मारेको र नयाँ नयाँ सपना देखाउने दुरदर्शी नेता रहेको समेत नेता थारुले बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शान्तिदेवी हरिजनले सरकारले अन्तर्राष्ट्रिय विमान स्थाल निमार्ण, पुर्व पश्चिम रेलमार्गको थालनी , भूकम्पबाट भत्कीएका ८ लाख घरहरु पुननिर्माणको अन्तिम चरणमा पु¥याउने जस्ता महत्वपूर्ण काम गरेको बताइन् ।

यस्तै केन्द्रीय सदस्य शारदा शर्माले बोल्दै पुर्वपश्चिम राजमार्ग ४ लेनको, मध्य पहाडी मदनभण्डारी राजमार्ग, पुस्पलाल मार्ग र हुलाकी राजमार्ग काम सुचारु गर्ने काम सरकारले गरेको बताइन् । अनेम संघका केन्द्रीय सदस्य शुशिला दर्लामीले बोल्दै अब संगठन बलियो बनाउन अभियान थाल्नुपर्ने बताइन् । बैठकले अनेम संघको केन्द्रिय कमिटीमा शारदा शर्मा, शुसिला दर्लामी, सुर्यकुमारी शाही, शिवकुमारी थारुलगायत जिल्ला, प्रदेश तथा केन्द्रमा मनोनित गरेको छ ।

मनोनित सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना समेत दिईएको थियो । बैठकले समितिमा थप सदस्य बिस्तार गर्दै जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा जिम्मेवारी प्रदान गरेको छ । कार्यक्रम संघका सचिव चेतना अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो

सम्बन्धित् समाचार