गृहपृष्ठ खबर बर्मामा सेनाले कब्जामा लियो सत्ता : संकटकालको घोषणा

बर्मामा सेनाले कब्जामा लियो सत्ता : संकटकालको घोषणा

प्रकाशित मिति:

म्यानमार : नेतृ आङ सान सू की लगायत शीर्ष नेतालाई पक्राउ गर्ने बित्तिकै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । annapurna post

 

सोमबार बिहानै सेनाका कमान्डर इन चिफ जनरल मिन आङ हलिङले सत्ता हातमा लिएको बताउँदै एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले सेनाद्वारा सञ्चालित टेलिभिजन मार्फत यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभम्बरमा सूकीको पार्टी नेशनल लिग अफ डेमोक्रेसीले (एनएलडी) ले भारी बहुमत प्राप्त गरेपछि सेनाले धाँदली भएको बताउँदै आएको थियो ।

शनिबार मात्र सेनाले ‘कू’ गर्न सक्ने आशङ्का भएपछि उसले मुलुकको संविधानको पालना गर्ने बताएको थियो । तर त्यसको बिपरीत सोमबार बिहान संसद बैठक बस्नुभन्दा पहिले नै सेनाले सत्ता कब्जा गरेको हो ।

अहिले सडकमा सेना परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी सञ्चार सम्पर्कसमेत निशेध गरिएको छ भने त्यहाँका स्थानीय सञ्चारमाध्यमको प्रशारणमा समेत सेनाले प्रतिबन्ध गरेको छ ।

सम्बन्धित् समाचार