गृहपृष्ठ खबर सुचीलाई तत्काल रिहा गरी निर्वाचित सरकार पुन: स्थापना गरियोस् : देउवा

सुचीलाई तत्काल रिहा गरी निर्वाचित सरकार पुन: स्थापना गरियोस् : देउवा

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमार सेनालाई आङ सान सुचीलाई रिहा गर्न आग्रह गरेका छन्। म्यानमार सेनाले सोमबार ‘कू’ गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिँदै १ वर्षका लागि संकटकाल घोषणा गरेको छ।

निर्वाचनमा धाँधली भएको भन्दै आइरहेको सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको हो। उक्त निर्वाचनमा आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले विजय हासिल गरेको थियो। निर्वाचनपछि संसद बैठक बस्ने तयारी भइरहँदा सेनाले राष्ट्रपति विन मिन्ट, सुची लगायत मुख्यमन्त्री र नेताहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका नेताहरुको अवस्था सार्वजनिक गरिएको छैन।

देउवाले ट्वीट गर्दै सुची र पक्राउ परेका अन्य नेताहरुलाई रिहा गर्न माग गरेका हुन्। साथै उनले निर्वाचित सरकार पुनस् स्थापनाको माग समेत गरेका छन्।

राष्ट्रपति लगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरिएको छ। म्यानमार टाइम्सका अनुसार संकटकाल अवधिभर कार्यकारी शक्ति सेना प्रमुखमा रहेपनि राष्ट्रपतिको अधिकार अस्थायी रुपमा उपराष्ट्रपति यु मिन्ट सूले प्रयोग गर्नेछन्।

 

सम्बन्धित् समाचार