गृहपृष्ठ खबर अफगान सेनाको आक्रमणमा परी ६ तालिवानीको मृत्यु

अफगान सेनाको आक्रमणमा परी ६ तालिवानीको मृत्यु

प्रकाशित मिति:

एजेन्सी : अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी ६ जना तालिवान विद्रोही मारिनुको साथै अन्य ४ जना घाइते भएका छन्‌।

सेनाका प्रवक्ता इमाल मोहमदले जानकारी दिएअनुसार ​लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रमा उक्त एम्बुस आक्रमण भएको हो।

बेदाक क्षेत्रमा रहेको प्रहरी चौकीमा विद्रोहीले आक्रमण तयारी गरिरहेको अवस्थामा एम्बुस आक्रमण भएको जनाइएको छ।

एम्बुस आक्रमणमा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ।

 

सम्बन्धित् समाचार